नेपाली भाषाको उच्चारण व्यवस्थाा

नेपाली भाषाको उच्चारण व्यवस्थाा
भाषाः भाष् + अ, व्युत्पत्तिगत अर्थ=वाणी, बोल्नु, भन्नु, उच्चारण गर्नु । मानवीय उच्चारण अवयवबाट निस्केका अर्थयुक्त स्वरहरु ।
भाषालाई व्यवस्थाको रुपमा लिइन्छ, किन ?
यसका न्यूनतम एकाइदेखि लिएर विस्तृत एकाइहरु निश्चित नियम वा व्यवस्थामा अनुबन्धित हुने भएकाले ।
नेपाली भाषाको उच्चारण व्यवस्था
नेपाली वर्ण फोक्सोबाट श्वासनली हुँदै मुखबाट स्वास बाहिरिँदा उच्चरित हुन्छ । २ प्रकार ।
१ ः स्वरवर्ण २ः व्यञ्जन वर्ण
स्वरवर्ण ः उच्चारणमा श्वासप्रवाहमा बाधा उत्पन्न हुँदैन । अन्य वर्णको सहयोगबविना आफै उच्चरित हुन सक्ने । लेख्य १३ वटा र कथ्य ः ६ वटा ।
ऐ=अ+इ, औ=अ+उ, ई र ऊ ह्रस्व र दीर्घका बीचमा उच्चारणमा भिन्नता नभएकोले छुट्टै वर्ण नभएको ।
ऋ=संस्कृतको स्वर । नेपालीमा र+इ हुन्छ । अं=अ+म् र अः विसर्गको योग भएको छुट्टै वर्ण नभएको ।
आधुनिक व्याकरणको अनुसार उच्चारणको आधारमा अ,आ, इ, उ, ए र ओ गरी जम्मा ६ वटामात्र स्वरहरु रहेका ।
स्वर वर्णको वर्गीकरण
१) जिब्राको उच्चाइको आधारमा
२) जिब्राको सक्रियाताको आधारमा
३) जिब्राको स्थितिको आधारमा

व्यञ्जन वर्णको परिचय र वर्गीकरण 
अनिवार्य नेपालीको पढाउने
देवनागरी लिपि र कथ्य नेपाली वर्णहरु
लिपि = कुनै पनि कथ्य वर्णलाई लामो समयसम्म जीवित राख्न निम्ति लेख्ने परिपाटी । लेखिएको सामग्री । लेख्य रुपमा देखाउने चिन्ह ।
नेपाली भाषामा प्रचलित लिपिलाई देवनागरी लिपि भनिन्छ । भारतको देवनगरबाट यो लिपि सुरु भएको मानिएकोले यसको नाम नै देवनागरी लिपि भएको । यो लिपिको सुरुवात संस्कृत भाषाबाट भएको । हाल हिन्दी, मैथिली, थारुमा पनि देवनागरी लिपिको प्रयोग भएको ।
देवनागरी लिपिमा १३ वटा स्वर र ३६ वटा व्यञ्जन वर्णको प्रयोग गरिन्छ । देवनागरी लिपिमका स्वरहरु निम्न छन् ः अ..............................अं अः
यस वर्णका व्यञ्जनहरु निम्न छन् ः क ............................ ज्ञ ।
नेपाली कथ्य वर्णहरु
स्वर ६ वटा र व्यञ्जन २९ वटा
देवनागरी लिपिका विशेषताहरु
१. यो वर्णात्मक लिपि हो । यसमा एउटा वर्णको लािग एउटा चिन्हको प्रयोग गरिन्छ । जस्तै ः क अ इ
२. यो लिपि बायाँबाट दायाँतिर लेखिन्छ ।
३. यस लिपिमा डिको दिनु अनिवार्य छ ।
४. यसमा वर्णहरुलाई स्वर र व्यञ्जनमा वर्गीकरण गरिएको छ ।
५. यसमा संयुक्त वर्णहरुको प्रयोग गरिन्छ , जस्तै द्य, श्र,क्ष, त्र, ज्ञ ।
६. यसमा आवश्यकताअनुसार पूर्णविराम, शिरविन्दु, तथा चन्द्रविन्दुको प्रयोग गरिन्छ ।
७. लेखामा अजन्त भएपनि उच्चारणमा हलन्त हुन सक्दछ । जस्तै m राम–राम्
८. तत्सम्, तद्भव र आगन्तुक शब्दलाई उच्चारण गर्दा र लिपिमा प्रयोग गर्दा दुईबिच भिन्नता हुन्छ, जस्तैः स्पष्ट–इस्पष्ट, स्कुल–इस्कुल ।
नेपाली भाषामा उच्चरित अक्षरहरुको संरचना
वर्ण=भाषाको सबभन्दा सानो एकाइ ।
अक्षर = वर्णभन्दा माथिल्लो भाषाको उच्चार्य एकाइ । स्वासको एक झोक्कामा उच्चरित हुने वर्ण व वर्णको समूहलाई अक्षर भनिन्छ । अक्षरको संरचना वर्णबाट हुने भएकोले वर्णहरुलाई अक्षरको संरचक तत्त्व पनि भनिन्छ । नेपालीमा स्वर एक्लैले अक्षर बनाउँछन् भने व्यञ्जन एक्लैले अक्षर बनाउन सक्दैनन् । स्वरवर्णसाँ मिलेर व्यञ्जनले अक्षर बनाउँछन् ।
अक्षरहरु दुई प्रकारका छन्
१. बद्धाक्षर =व्यञ्जन अन्त्यमा आउने अक्षर । जस्तैः पाठ–प्आठ्
२. मुक्ताक्षर = स्वर अन्त्यमा आउने अक्षर, जस्तै ः पानी–प्आन्इ
अक्षरीकरण र अक्षरसंख्या
पहिलेको पढाउने

नेपाली व्याकरण
व्याकरण=भाषालाई व्यवस्थित पार्ने नियम । प्रत्येक भाषाको आआफ्नै व्याकरणहरु हुन्छन् र तिनै व्याकरणभित्रका नियममा भाषा बाँधिएका हुन्छन् ।
जस्तै राम भात खान्छ ( कर्ता कर्म क्रिया ) राम इट राइस । (कर्ता क्रिया कर्म)
नेपाली व्याकरणमा रुप, शब्द, पदावली, उपवाक्य हुँदै वाक्यको तहसम्म रहेको छ ।
क) रुप ः
आफैमा अर्थ व्यक्त गर्न सक्ने भाषाको सबैभन्दा सानो एकाइलाई रुप भनिन्छ । त्यसैले अर्थयुक्त लघुत्तम एकाइ नै रुप हो । आफ्नो छुट्टै अर्थ हुने र नहुने आधारमा रुपलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।
१ं. मुक्त रुप ः अन्य रुपमा सहयोग नलिई स्वतन्त्र रुपमा उपस्थिति हुन सक्ने र अर्थ अभिव्यक्त गर्न सक्ने रुप । नेपाली भाषाको मूल शब्द र क्रियामा प्रयोग हुने मुख्य धातु ।
नेपाली =नेपाली + ई (नेपाल मुक्त रुप)
हिँड्छ =हिँड्+छ (हिँड मुक्त रुप
फराकिलो =फराक+इलो ( फराक मुक्त रुप)
२. बद्ध रुप=स्वतन्त्र रुपमा छुट्टै प्रयोग हुन नसक्ने र छुट्टै अर्थ पनि नभएको उपसर्ग र प्रत्ययलाई बद्ध भनिन्छ ।
संसार=सम्+सार (सम बद्ध रुप)
सामाजिक =समाज+इक (इक बद्ध)
ख) शब्द
रुपभन्दा माथिल्लो र पदावली भन्दा सानो एकाइ । स्वतन्त्र रुपमा प्रयोग हुन सक्ने भाषाको सार्थक एकाइ । पदावलीभन्दा सानो र रुपभन्दा ठूलो भाषिक एकाइ । शब्दको वर्गीकरण र शब्द वर्ग ।
१) स्रोतको आधार
क) मौलिक शब्द  (तद्भव, र तत्सम
ख) आगन्तुक
२) बनोटको आधारमा (बनोट भनेको शब्दको व्युत्पत्ति । २ प्रकार
क) मूल वा रुढ वा अव्युत्पन्न शब्द ः बनोट नभएको शब्द । प्रकृति–प्रत्यय छुट्याउन नसक्ने । उपसर्ग, प्रत्यय, द्वित्व, तथा समास नभएका शब्दहरु । जस्तै घर, राम, चिनी आदि।
ख) व्युत्पन्न वा यौगिक शब्द ः बनोट भएको शब्द
३. कार्यको आधारमा
९ प्रकार
अनिवार्य नेपालीको पढ्ने


ग) वाक्य ःअनुच्छेदभन्दा सानो र पदावलीभन्दा ठूलो भाषिक एकाइ ।
वाक्यका प्रकार
१. सरल वाक्य ः एउटा मात्र उद्देश्य र एउटा मात्र विध्येय भएको । दुई प्रकार
क) असंश्लिष्ट सरल वाक्य (एउटामा समापिका क्रिया प्रयोग भएको, असमापिका क्रिया नभएको )
ख) संश्लिष्ट वाक्य (एकभन्दा बढी असमापिका क्रिया र एउटा समापिका क्रिया प्रयोग भएको वाक्य )
२. संयुक्त वाक्य
३. मिश्र वाक्य
नेपाली भाषा र भाषिका
भाषा भनेको मानक जनबोली हो
४. भाषिका र नेपाली भाषाको भाषिका –
भाषा मानवीय भाव, विचार आदानप्रदान गर्ने माध्यम हो । यो स्तरीय तथा मानक जनबोी हो । भाषालाई सम्बन्धित क्षेत्रका सम्पूर्ण व्यक्तिहरुले बोल्ने गर्दछ। विश्वमा नेपाली भाषा एउटै छ। यसको मानक स्वरूप, व्याकरण एउटै छन्।  भाषिका भनेको भाषाकै क्षेत्रिय भेद हो ।

Comments