नेपाली भाषाको उच्चारण व्यवस्थाा
नेपाली भाषाको उच्चारण व्यवस्थाा भाषाः भाष् + अ, व्युत्पत्तिगत अर्थ=वाणी, बोल्नु, भन्नु, उच्चारण गर्नु । मानवीय उच्चारण अवयवबाट निस्केका अर्थयुक्त स्वरहरु । भाषालाई व्यवस्थाको रुपमा लिइन्छ, किन ? यसका न्यूनतम एकाइदेखि लिएर विस्तृत एकाइहरु निश्चित नियम वा व्यवस्थामा अनुबन्धित हुने भएकाले । नेपाली भाषाको उच्चारण व्यवस्था नेपाली वर्ण फोक्सोबाट श्वासनली हुँदै मुखबाट स्वास बाहिरिँदा उच्चरित हुन्छ । २ प्रकार । १ ः स्वरवर्ण २ः व्यञ्जन वर्ण स्वरवर्ण ः उच्चारणमा श्वासप्रवाहमा बाधा उत्पन्न हुँदैन । अन्य वर्णको सहयोगबविना आफै उच्चरित हुन सक्ने । लेख्य १३ वटा र कथ्य ः ६ वटा । ऐ=अ+इ, औ=अ+उ, ई र ऊ ह्रस्व र दीर्घका बीचमा उच्चारणमा भिन्नता नभएकोले छुट्टै वर्ण नभएको । ऋ=संस्कृतको स्वर । नेपालीमा र+इ हुन्छ । अं=अ+म् र अः विसर्गको योग भएको छुट्टै वर्ण नभएको । आधुनिक व्याकरणको अनुसार उच्चारणको आधारमा अ,आ, इ, उ, ए र ओ गरी जम्मा ६ वटामात्र स्वरहरु रहेका । स्वर वर्णको वर्गीकरण १) जिब्राको उच्चाइको आधारमा २) जिब्राको सक्रियाताको आधारमा ३) जिब्राको स्थितिको आधारमा व्यञ्जन वर्णको परिचय र वर्गीक...